काठमाडौँ
००:००:००
४ असार २०८३, बिहीबार

४ असार २०८३
अ+
अ-

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनमा रक्षामन्त्रीको खोजी गरेका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले वालेन्द्र शाह (बालेन) सदनमा नआए पनि मन्त्रालयगत छलफलमा रक्षा मन्त्री उपस्थित हुनु पर्ने बताए।

‘मन्त्रालयगत छलफलमा रक्षा मन्त्रालयबारे पनि छलफल गर्ने भनिएको छ, रक्षा मन्त्रीलाई मैले यहाँ देखेको छैन, उनलाई बोलाइयोस्,’ उनले सभामुख डोलप्रसाद अर्याललाई आजको प्रतिनिधि सभा बैठकमा बोल्दै आग्रह गरे।

साथै उनले प्रधानमन्त्री शाहले सीमाबारे दिएको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने पार्टीको माग कायमै रहेको बताए। रक्षा मन्त्रालय प्रधानमन्त्री वालेनद्र शाह (बालेन)ले आफै राखेका छन्।