काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा सय रुपैयाँले घटेर २ लाख ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुनको मूल्य प्रतितोलामा २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा ३५ रुपैयाँले घटेर चार हजार ९४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बुधबार भने चाँदी तोलामा चार हजार ९८० रुपैयाँमा कारोबार भएको थियो।