प्रतिनिधिसभा
बजेट विनियोजनमाथि छलफल, सांसद नहुँदा बैठकमा कुर्सी खाली
काठमाडौँ। विभिन्न मन्त्रालयको आगामी आवको बजेट विनियोजनमाथि संसद्मा छलफल भइरहेको छ। तर छलफल चलिरहेकै बेला अधिकांश सांसद बैठक कक्षबाट बाहिरिँदा कुर्सीहरू खाली देखिएका छन्।
प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि धारणा राख्ने क्रम जारी रहे पनि सांसदहरूको उपस्थिति न्यून देखिएको हो। केही सांसदले बजेटका प्राथमिकता, कार्यान्वयन पक्ष र क्षेत्रगत सन्तुलनका विषयमा धारणा राखिरहेका छन्। अधिकांश ‘माननीय’ बाहिरिँदा बैठकको प्रभावकारितामाथि प्रश्न उठेको छ।
संसद्मा महत्त्वपूर्ण विषयमाथि छलफल भइरहँदा जनप्रतिनिधिको उपस्थिति कमजोर देखिएको छ।
हेरौँ थप तस्बिर :
