काठमाडौँ
००:००:००
७ असार २०८३, आईतवार

५ असार २०८३
अ+
अ-

काठमाडौँ। राहदानी छपाइसम्बन्धी कार्यमा अनियमितता गरेको कसूरमा अनुसन्धानका लागि पक्राउ परेका तीर्थराज अर्यालसहित चार जनाविरुद्ध ४ दिन म्याद थपका लागि विशेष अदालतले अनुमति दिएको छ ।

राहदानी (पासपोर्ट) छपाई सम्बन्धी कार्यमा अनियमितता गरेको कसूरमा अनुसन्धानका लागि पक्राउ परेका चार जना प्रतिवादीहरूलाई थप ५ दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ।

विशेष अदालतका न्यायाधीशद्वय नारायण प्रसाद पौडेल र उमेश कोइरालाको इजलासले उनीहरूमाथि अनुसन्धानका लागि दोस्रो पटक ५ दिनको म्याद थप गरेको हो। थप हुने प्रतिवादीहरूमा तीर्थराज अर्याल, सुनील कुमार के.सी, तुलसी प्रसाद आचार्य र मणिन्द्र मल्ल रहेका छन्।

राहदानी छपाइमा भएको भनिएको अनियमितताको कसूरमा थप प्रमाण संकलन र विस्तृत अनुसन्धान कार्य नसकिएकाले अनुसन्धान अधिकारीको मागबमोजिम अदालतले हिरासतमा राख्ने अवधि थप गरिदिएको हो। उनीहरूमाथि सम्बन्धित निकायले हिरासतमा राखेर अनुसन्धान अघि बढाइरहेको छ ।