६ असार २०८३
अ+
अ-

काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार ४५८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा रु. १९ लाख ६० हजार ५०२ राजस्व दाखिला भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १५५, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका ८७, संकेत बत्ती उल्लंघनकर्ता १२४ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १५७ जनालाई कारबाही गरिएको हो।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ८०, निषेधित क्षेत्रमा हर्न बजाउने १०८, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९८, सवारीसाधनको अवस्था परीक्षण नगरी सडकमा सवारी निकाल्ने २२ र अन्य सवारी नियम पालना नगरेका एक हजार ६२७ जनालाई कारबाही गरिएको हो।