एक उपसभापति‚ दुई महामन्त्री र तीन सहमहामन्त्रीलाई सभापतिले मनोनयन गर्न पाउने

६ असार २०८३
अ+
अ-

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिले संशोधित विधानलाई अनुमोदन गरेको छ।

चितवनमा शनिबार बसेको रास्वपाको बैठकले पदाधिकारी र केन्द्रीय सदस्यलाई लिएर विधान संशोधन गरेको थियो।

रास्वपाको संशोधन गरिएको विधानअनुसार एक सभापति रहने व्यवस्था यथावत् छ। उपसभापति तीन जसमा एकजना महिला अनिवार्य गरेको छ। एक जनालाई भने सभापतिले मनोनीत गर्न पाउने व्यवस्था गरिएको छ।

दुई महामन्त्रीमध्ये एकजना निर्वाचित र एक जनालाई सभापतिले मनोनीत गर्नेछन्। सहमहामन्त्री पाँचजना राख्ने व्यवस्था छ जसमा दुई जनालाई सभापतिले मनोनयन गर्नेछन्। केन्द्रीय सदस्य भने १५८ जना हुनेछन्।

केन्द्रीय समितिले अनुमोदन गरेको संशोधित विधान महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरिनेछ। बन्दसत्रबाट पारित भएसँगै नयाँ केन्द्रीय समिति संशोधित विधानअनुसार चयन हुनेछ।