ढोरपाटन। ढोरपाटन नगरपालिका ५ भएर बग्ने भुजीखोलामा निर्माणाधीन पुल निर्माण पूरा नहुँदै जीर्ण भएको छ।
दश वर्ष अगाडि निर्माण सुरु भएको पुलका सबै पिलर खियाले खाइसकेको छ। पुलमा लगानी भएको दुई करोड रुपैयाँ माटोमा मिलेको ढोरपाटन ५ का शिवराज कँडेल गुनासो गर्छन्।
सडक डिभिजन कार्यालयले पनि निर्माण कम्पनीले निर्धारित समयमा निर्माण नगरेपछि ठेक्का रद्द गरेको छ। कार्यालय प्रमुख हरिप्रसाद सुवेदीका अनुसार नयाँ ठेक्का र ‘डिजाइन’ परिवर्तनको ‘फाइल’ स्वीकृतिका निम्ति संघीय सडक विभागमा पठाइएको छ।