काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन आयोजना स्थलको स्थलगत अनुगमन गरेका छन्।
गएरातिको भारी वर्षाका कारण कार्यक्रम स्थलमा पानी जमेर समस्या भएपछि गृहमन्त्री गुरुङले आयोजना स्थलमा पुगेर व्यवस्थापन अवस्थाबारे जानकारी लिएका छन्।
गृहमन्त्री गुरुङले चितवनका प्रमुख जिल्ला अधिकारी र कार्यक्रम स्थल क्षेत्रमा रहेका विभिन्न आयोजक टिमलाई भेटेर उक्त क्षेत्रमा रहेको पानी तत्काल हटाउन निर्देशन दिएका छन्।
गएरातिको वर्षाको कारण महाधिवेशन स्थल जलमग्न बनेको छ। हाल मोटरको प्रयोग गरी जमेको पानी निकाल्ने काम भइरहेको जनाइएको छ। सो क्षेत्रको अहिले माटो भर्ने काम भइरहेको छ। गृहमन्त्री गुरुङले महाधिवेशन स्थलको सुरक्षाका विषयमा समेत जानकारी लिएका छन्।
रास्वपाको महाधिवेशन उद्घाटन कार्यक्रम आज दिउँसो पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहले गर्ने तयारी रहेको छ।