काठमाडौँ
००:००:००
७ असार २०८३, आईतवार

७ असार २०८३
रास्वपाका उपसभापति स्वर्णिम वाग्ले। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले आमूल सुधारको राजनीतिमार्फत नेपाललाई जिताउन आएको बताएका छन्।

चितवनमा पार्टीको प्रथम महाधिवेशन उद्घाटन सत्रमा आइतबार उनले आफूहरू कसैलाई हराउन र पुरानो पुस्तासँग लड्न नभई नेपाललाई जिताउन र राजनीतिक संस्कार बसाल्न आएको दाबी गरे।

रास्वपालाई आन्दोलनको पार्टीबाट संस्थागत राजनीतिक शक्तिमा रूपान्तरण गर्न लागिएको भन्दै उनले परिणाम दिने गरी काम गर्ने उद्घोष गरे।

उनले देशमै नागरिकले भरोसा गर्न सक्ने, युवाले अवसर प्राप्त गर्न सक्ने र उद्यमीले बिनाभय लगानी गर्न सक्ने वातावरण बनाएरै छाड्ने बताए।

प्रथम महाधिवेशन केवल संगठनात्मक कार्यक्रम नभई नेपालको राजनीतिक पुनर्जागरणको प्रारम्भ हुन सक्ने उनले बताए।

त्यस्तै उपसभापति वाग्लेले रास्वपाको महाधिवशेन निराशाबाट आशातर्फ, गैरजिम्मेवारीबाट जवाफदेहितातर्फ, संरक्षणवादबाट प्रतिस्पर्धातर्फ र बरालिएको राजनीतिबाट खुला, सक्षम र परिणाममुखी लोकतन्त्रतर्फको यात्राको उद्घोष भएको धारणा राखे।