काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्दसत्र बिहान साढे ८ बजेका लागि तय गरिएको थियो। निर्धारित समयमै बन्दसत्र सुरु हुन सकेन।
दिनभर प्रतीक्षा गर्दा पनि बन्दसत्र सञ्चालन नभएपछि प्रतिनिधि तथा पदाधिकारीहरू साँझ साढे ६ बजेसम्म कुर्दै अन्ततः कार्यक्रमस्थलबाट फर्किएका छन्।
लामो समयसम्म अन्योल रहँदा सहभागीहरूमा असन्तुष्टि देखिएको थियो। प्रतिनिधि छनोट विवादका कारण बन्दसत्र ढिलाइ भएको भन्नेबारे पार्टीले अबेर मात्र जानकारी दिएको थियो।
हेर्नुहोस् थप तस्बिर :
