काठमाडौँ। साहित्यिक छलफल शृंखला अन्तरविधामा लेखक हिक्मत डंगोलको उपन्यास ‘बदलिएको आकाश’ को लोकार्पण भएको छ।
कार्यक्रममा साहित्यकार अञ्जु मैनालीले उपन्यासका विषयवस्तु, शैली, पात्र निर्माण र जीवनदृष्टिमाथि प्रकाश पारिन्। पत्रकार कपिल काफ्ले र लेखक ओमशंकर श्रेष्ठले उपन्यासको प्रवासी नेपालीको जीवन, सामाजिक यथार्थ र लेखकको दृष्टिकोणबारे समीक्षा गरे।
अन्तर्क्रियात्मक कार्यक्रममा सहभागी बदलिएको आकाशका लेखक डंगोलले आप्रवासी नेपालीको जीवन, सम्बन्ध र बदलिँदो समयका यथार्थलाई फरक दृष्टिकोणबाट प्रस्तुत गर्ने प्रयास गरेको बताए। अन्तरविधा गणेश खनियाँ, रामकुमार भुसाल, सविता तुम्बापो, प्रशान्तकुमार विक र मिस्लिन गुरुङको संयोजनमा भएको हो।