काठमाडौँ। लेखक वसन्त थापाको संस्मरणात्मक कृति ‘औसत एउटा जिन्दगी’ लोकार्पण भएको छ।
नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण कक्षमा आइतबार लोकार्पण भएको कृतिमा थापाले विभिन्न पत्रपत्रिका तथा पुस्तकमा प्रकाशित संस्मरण संग्रहित छन्।
लेखक, साहित्यकारहरूको जमघटबीच भएको लोकार्पण समारोहमा साहित्यकार खगेन्द्र संग्रौलाले तत्कालीन धरानको साहित्यिक माहोल, लेखनयात्रा, संघर्षलगायत विषयमा थापासँग संवाद गरे।

कृतिमा संग्रहित लेख ‘म किन लेखक होइन’ मा थापाको आफू लेखक नभएको दाबी गरेका छन्। दर्जनौँ निबन्ध लेखिसकेका र कृति नै प्रकाशन भइसकेको अवस्थामा पनि लेखक होइन भन्ने दाबी नमिलेको भन्दै संगौलाले प्रश्न गरेका थिए। थापाले भने, “मैले कथासंग्रह, उपन्यासजस्ता आख्यान लेखेको छैन। लेखक एकदम ओजपूर्ण शब्द भएकाले म त्यसमा पर्दिनँ भन्ठान्छु।”
समारोहमा विश्लेषक हरि शर्माले थापाको लेखन शिल्पको प्रशंसा गरे। उनले कृतिमा आफ्ना पुस्ताका भोगाइ समेटिएको भन्दै नयाँपुस्तालाई पहिलेका कुरा बुझाउन पनि यो पुस्तक उपयोगी रहेको बताए। फाइन प्रिन्टद्वारा प्रकाशित कृति लेखक थापा, संग्रौला, विश्लेषक शर्मासहित थापाका नाती-नातिनीले लोकार्पण गरेका थिए।
काठमाडौं । लेखक वसन्त थापाको संस्मरणात्मक कृति ‘औसत एउटा जिन्दगी’ लोकार्पण भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण कक्षमा आईतबार लोकार्पण भएको कृतिमा थापाले विभिन्न पत्रपत्रिका तथा पुस्तकमा प्रकाशित संस्मरणहरु संग्रहित छन् ।
लेखक, साहित्यकारहरुको बाक्लो जमघट बीच भएको लोकार्पण समारोहमा साहित्यकार खगेन्द्र संग्रौलाले तत्कालिन धरानको साहित्यिक माहोल, लेखनयात्रा, संघर्ष लगायतका विषयमा थापासँग संवाद गरे ।
कृतिमा संग्रहित लेख ‘म किन लेखक होईन’ मा थापाको आफु लेखक नभएको दाबी गरेका छन् । दर्जनौं निबन्ध लेखिसकेका र कृति नै प्रकाशन भईसकेको अवस्थामा पनि लेखक होईन भन्ने दाबी नमिलेको भन्दै संगौलाले प्रश्न गरेका थिए । थापाले भने, ‘मैले कथासंग्रह, उपन्यास जस्ता आख्यान लेखेको छैन । लेखक एकदम ओजपूर्ण शब्द भएकाले म त्यसमा पर्दिन भन्ठान्छु ।’
समारोहमा बोल्दै विश्लेषक हरि शर्माले थापाको लेखन शिल्पको प्रशंसा गरे । उनले कृतिमा आफ्ना पुस्ताका भोगाई समेटिएको भन्दै नयाँपुस्तालाई पहिलेका कुरा बुझाउन पनि यो पुस्तक उपयोगी रहेको बताए ।
फाईन प्रिन्टद्वारा प्रकाशित कृति लेखक थापा, संग्रौला, विश्लेषक शर्मा सहित थापाका नाती नातिनीले लोकार्पण गरेका थिए ।