काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ४ हजार ५ सय रुपैयाँले घटेर २ लाख ७७ हजार ९ सयमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार ४ सयमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा २५ रुपैयाँले घटेर तोलाको ४ हजार दुई सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि चाँदीको मूल्य प्रतितोला ४ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको थियो।