अनुभूति

सम्झनामा पहिलो विश्वकप हेराइ

२० असार २०८३
अ+
अ-

सन् १९९८ को विश्वकप फुटबलको रौनक सबैतिर छाएको थियो। कोही अर्जेन्टिनाले जित्छ भन्थे। कोही ब्राजिलले जित्छ भन्थे। कोही भने यसपालि हल्यान्ड पनि खत्रा छ भन्थे। कोही चाहिँ डेभोर सुकरले गोल हान्या हान्यै छ, नयाँ आको क्रोसियाले पो लान्छ कि क्या हो भन्थे। अलि अल्टर बन्ने वा एकदम देशदुनियाँ देखेबुझेको, सुकिलामुकिला सज्जनहरू कोही इटाली र कोही इंग्ल्यान्डको समर्थक बनेर वडाध्यक्ष नै भए जस्तो गमक्क पर्थे। जर्मनीलाई न्यासे पारेर ‘जर्मनले जित्छ’ भनेर ‘कुल’ पल्टिनेको पनि कमी थिएन।

छिमेकतिर गाइँगुइँ चल्न थाल्यो। आज सबै जना ‘ओलकप’ हेर्न जाने अरे। हैट! के आपत् आइलाग्यो मलाई। के हो यो ओलकप भनेको? एकछिन त अलमल्ल परेँ।

‘तँ नि हेर्न जानी हो?’

अझ, आमाले समेत सोधेपछि दाइहरू पनि जान तयार रहेछन् भनेर बुझियो।

वल्लोघर, पल्लोघरका दाइ, काकाहरू सबैजना ओलकप हेर्न जानलाई साँझमै खाना खाइवरी निस्किसकेछन्। मलाई यतिबेलासम्म अत्तोपत्तो थिएन। अब म एक्लै छुट्न भो त? हतारिएर भात खान बसेँ। आमाले पस्किदिनुभो। ओलकपको चासोभन्दा पनि सबै जना जाँदा आफू मात्र छुटिएला भन्ने पीरले गर्दा कपाकप खाना खाएर निस्किएँ।

हान् दयाराम हान्’ भनेर एक जना ठुल्बा आफ्नै तिघ्रा पड्काएर कराए। मलाई चाहिँ खेल्ने मान्छे नेपालकै रहेछ भन्ने लाग्यो। तर, त्यो मान्छे फ्रान्सको थुराम भन्ने खेलाडी रहेछ भन्ने मलाई पछि मात्र थाहा भयो।

असार-साउनको गर्मी बिदा भएकाले स्कुल जानुपर्ने थिएन। पढाइको तनाव नहुँदा निद्राको सुर्ता थिएन। त्यसैले ओलकप हेर्न भनेर टोलभरिका दाइ, काका, साथीहरू लाइन लागेर निस्कियौँ। जानुपर्ने अलि परै थियो। बाटो केही अप्ठ्यारो थियो। बर्खामासको रात मस्त अँध्यारो थियो। तर, पनि ओलकपको रौनकले औँलो दिएर हामीलाई जतनले डोर्‍याएको थियो।

टीभी भएको घरको आँगनभरि चप्पलको आमसभा चलिरहेको रहेछ। जोडी बाँधेर ढोकातिर फर्किएर बसेका कति चप्पलका जोडाहरू त आगन्तुकको लात खाएर एकअर्कासँग अलगसमेत भैसकेका रहेछन्। हुलमुलमा जीउ जोगाउनु भनेझैँ मैले हप्तादिनअघि मात्र किनेको पायल चप्पलका जोडीलाई पारिजातको बोटमुनि लगेर लुसुक्क लुकाएँ।

पिँढीछेउको कोठा लगभग भरिएर दर्शकहरू ढोकाको आडमा, झ्यालको डिलमा समेत अटाईनअटाई बसिसकेका थिए। मैले ढोकामा उभिएका दाइहरूको काखी र कम्मरको ग्यापबाट भित्र चियाएँ। कोठाको कुनामा १४ इन्चको एकथान ब्ल्याक एन्ड ह्वाइट टीभी बसिरहेको थियो। टीभीमा फुटबलको घम्साघम्सी चलिरहेको थियो।

हरे! बल्ल थाहा पाएँ, ओलकप भनेको त फुटबलको विश्वकप पो रहेछ। देश देशका टिमहरू भिड्ने टुर्नामेन्ट पो रहेछ। मैले यही वर्ल्डकपबाट थाहा पाएँ; मोरक्को, क्रोएसिया, जमैका, ट्युनिसिया जस्ता देशहरूको नाम।

भित्र बसेकाहरू गोल! गोल! भनेर कराउँथे। बाहिर ढोकामा बसेकाहरू पनि उनीहरूसँगै कराउँथे। जोसैजोसमा झ्यालमा बसेका कोही कोही त गोबरको थाप्रो झरेझैँ प्यात्त झरेर भुइँमा बसेकाहरूको काखमा हाम फाल्न आइपुग्थे। तर, ढोकाबाहिरै उभिएको मलाई सल्यानटार सम्मै थियो! कतिबेला कराउने हो, कतिबेला चुप लाग्ने हो, केही मेलोमेसो भएन।

बूढाहरू खेलाडीलाई अनेक अनेक नाम दिन्थे। क्यामरुनको सामुएल इटोलाई ‘ठिटो’ भन्थे। इटालीको रोबर्टो बाजियोलाई ‘बाजे’ भन्थे। अझै अर्जेन्टिनाको ग्याब्रिएल बाटिस्टुटालाई त पातकी बूढाहरूले लाजै लाग्ने नाम राखेका थिए!

बेलाबेला कोही सुर्ती थुक्न निस्किन्थे। कोही चुरोट सल्काउन बाहिर आउँथे। ब्रेक भएको बेला एकैचोटि झर्‍यापझुरुप मुत्न पनि निस्किन्थे अनि अलि पर बाटोछेउमा अटेन्सन बनेर उभिएका आर्मीझैँ लहरै उभिएर बाटो भिजाउँथे। त्यही बेला टीभीकोठामा मान्छे साटफेर हुन्थे। बाहिर उभिएकाहरू भित्र गएर अंग्रेजीको होमवर्कमा खाली ठाउँमा मिल्ने शब्द भरेझैँ खाली ठाउँलाई मिल्ने मान्छेले भर्थे! कोही भने, फर्केर आएर आफू बसेको ठाउँमा अर्को मान्छे मुन्टिएको देखेर मुर्मुरिन्थे। भुरालाई भए यी तिघ्रेहरूले कान समातेर उठाइहाल्थे। तर, अगाडि उभिएका दाइहरूसँगै सर्दै सर्दै भित्रको एउटा कुनामा बसेको मलाई उठाउन धन्न कोही आएन।

ब्रेक सकिएर ग्याम फेरि सुरु भयो। फेरि सबै जना जोसमा आउन थाले। उनीहरू फेरि गोल! गोल! भनेर कराउँथे। ‘हान् दयाराम हान्’ भनेर एक जना ठुल्बा आफ्नै तिघ्रा पड्काएर कराए। मलाई चाहिँ खेल्ने मान्छे नेपालकै रहेछ भन्ने लाग्यो। तर, त्यो मान्छे फ्रान्सको थुराम भन्ने खेलाडी रहेछ भन्ने मलाई पछि मात्र थाहा भयो। बूढाहरू खेलाडीलाई अनेक अनेक नाम दिन्थे। क्यामरुनको सामुएल इटोलाई ‘ठिटो’ भन्थे। इटालीको रोबर्टो बाजियोलाई ‘बाजे’ भन्थे। अझै अर्जेन्टिनाको ग्याब्रिएल बाटिस्टुटालाई त पातकी बूढाहरूले लाजै लाग्ने नाम राखेका थिए!

गाउँमा पहिलोचोटि टीभीमा वर्ल्डकप हेर्न पाएकामा सबै खुसीले मखलेल थिए। जोसले फुलेल थिए। सबै कराउँदै गर्दा बाहिर एक जना दाइ आइपुगे। काठमाडौँबाट त्यही दिन आइपुगेका दाइ गाउँको रमिता हेर्न निस्किएका रहेछन्। उनले ढोकामा आएर उभिएर यसो भित्र नियाले अनि भने, ‘थुइक्क! तिमार्लाई हेर्न पाए पुग्यो हैन? यो हिजोको ग्यामको हाइलाइट हेरेर नि के स्याल कराको जसरी हुई हुई गरेर कराइरा? रेडियो सेडियो सुन्नी गर्या छैन? आजको ग्याम त राति १२ बजेपछि मात्र छ।’

सबै जना जिल्ल परे।

‘म चाहिँ एक निन्द्रा सुतेर आउँछु है’ भनेर बूढा सबैको जोसको आगोमा एक बाटा पानी फ्याँकेर गए। दर्शकदीर्घा चिस्सियो। यो ग्याम त फलानोले जितिसक्या छ रे भनेर एउटा मुस्मुन्द्रे यतिबेला आएर बाठो पल्टियो। हुन पनि वर्ल्डकप आधा सकिएपछि मात्र यो घरमा टीभी आइपुगेको थियो। दिनभरि बारीको पाटामा डिस एन्टिना घुमाएर चारपाँच जना लाठेहरूले तर्तरी पसिना चुहाएर वर्ल्डकप हेर्ने च्यानल टिपाएका थिए। अनि आज ग्याम हेर्न भनेर अघि साँझमा यी सबै भुराभुरी, अल्लारे र बूढाहरूसमेत धुइरिएका थिए।

‘डुंगा लड्यो, डुंगा लड्यो’ छेउमा टाँसिएर ग्याम हेरिरहेका दाइ कराए। म तर्सिएर ब्युँझिएँ। टीभीमा हेरेँ। डुंगा नै देख्दिनँ। एउटा खेलाडी पो लडेको रहेछ। ज्या! तालमा चलाउने डुंगा लडेको हैन रहेछ। ब्राजिलको क्याप्टेनको नामै डुंगा रहेछ भन्ने कुरा पनि अलि दिनपछि नै थाहा पाएँ।

केही मान्छे बिस्तारै लाखापाखा लागे। मलाई भने रातिसम्म बस्न सक्छु कि सक्दिनँ भनेर आफैँमाथि शंका भो। तर, टीभीमा अनेक चित्र देखिँदै थिए। हिन्दी च्यानल न पर्‍यो, अनेक नौटंकी, नाचगान, साबुन, सरफ र तेलका विज्ञापन पनि बजेकै थिए। रौसे, छिचौरे, उटिंग्याहा दादाहरूका अनेक हँसीमजाक चलेकै थियो। यत्तिको रमिता भए के चाहियो। मलाई पनि अब भने कुखुराको पखेटाले चल्ला छोपेझैँ वर्ल्डकपको रमाइलोले छपक्कै छोप्यो।

राति कसको ग्याम भयो, कस्तो ग्याम भयो। केही थाहा छैन। केटकेटीको कचिलो निद्रा न पर्‍यो। निदाइसकेको हुँदो रहेछु। तर, मान्छेहरू गोल! भनेर कराउँथेँ। म छ्याङ्ग ब्युँझिन्थेँ। आफूलाई भित्तामा अढेसिएको पाउँथेँ। जर्‍याकजुरुक भएर टीभीमा हेर्थें। अनि फेरि लोलाउँथें।

‘डुंगा लड्यो, डुंगा लड्यो’ छेउमा टाँसिएर ग्याम हेरिरहेका दाइ कराए।

म तर्सिएर ब्युँझिएँ। टीभीमा हेरेँ। डुंगा नै देख्दिनँ। एउटा खेलाडी पो लडेको रहेछ। ज्या! तालमा चलाउने डुंगा लडेको हैन रहेछ। ब्राजिलको क्याप्टेनको नामै डुंगा रहेछ भन्ने कुरा पनि अलि दिनपछि नै थाहा पाएँ।

रोनाल्डो! रोनाल्डो! रोनाल्डो! यसपालि हल्ला अलि चर्कै भयो। आँखा च्यातेर हेरेँ। टाउको तालुचिन्डे भएको नौ नम्बरको जर्सी लगाउने खेलाडीले फुतुतु बल दौडाएर लगेर ड्याम्मै गोल हानी त गो!

यो रात र अझै अरू रातहरूले गर्दा मेरो मनमा ब्राजिल र रोनाल्डो मनमा गढ्ने गरी बसे। त्यसमाथि स्कुलको किताबमा फुटबलको राजा भनेर पेलेलाई भनिन्छ अनि पेले ब्राजिलका हुन् भनेर पढेकै थिएँ।

एकदुई दिनपछि त हाम्रो गाउँमा पनि रोनाल्डोहरू देखिन थाले। सबभन्दा पहिला माथ्लो गाउँको रोसनेले रोनाल्डो बन्ने चक्करमा आफ्नो खप्परलाई तालुचिन्डे पारेछ! त्यसपछि आफ्नो हुँदाखाँदाको सेतो रङको गन्जीमा पछाडिपट्टि कालो मसीले बडो मिहिनेतले ठूलो आकारको नाइन (9) बनाएछ। त्यसपछि त्यो नाममाथि अंग्रेजीमा रोनाल्डो लेखेछ। ऊ त्यो गन्जी लगाएर गाउँभरि मस्किँदै हिँड्थ्यो।

मैले साथीलाई टाउको रोनाल्डोको जस्तै बनाउनी भए टुप्पी पनि काट्नुपर्छ भन्ने सल्लाह दिएँ। तर, अघिदेखि चुपचाप बसेको उसले आँखाबाट आँसुको ढिक्का खसाल्यो। मैले केही बुझिनँ।

‘तेरो गन्जी भएन। ब्राजिलको गन्जी पहेँलो छ, तेरो सेतो भयो,’ एक जनाले रोसनेको आलोचना गर्दै भनेछ।

‘इस् हो। सेतै हो,’ रोसनेले जिद्दी गरेछ।

यी दुई भाइको ठूलै भनाभन भएछ। रोसनेले श्यामश्वेत टीभीमा देखेको ब्राजिलको जर्सी सेतो थियो। त्यसैले उसले बाजी राख्यो। भोलिपल्ट प्रमाण ल्याउने भनेर यी बाजी राख्नेहरू छुट्टिए।

भोलिपल्ट बाजी राख्ने मान्छेले कान्तिपुर पत्रिकाको पछाडिको बाहिरी पातोमा छापिएको रोनाल्डोको रंगीन फोटो ल्याएर देखायो। रोसनेले चाहिँ घटना र विचार भन्ने श्यामश्वेत पत्रिकाको फोटो ल्याएर देखायो। बाजी हार्ने भएपछि रोसनेले भन्यो, ‘यस्ता जाबो रङ त पत्रिकाले जस्तो नि लाइदिन सक्छ। प्रिन्टिङ मिसिनमा पहेँलो रङ हाल्दियो होला!’

खासमा रोसनेलाई बाजी हार्न मन थिएन। एक त बाजी ठोकेको पचास रुपियाँ ठूलै रकम थियो। अर्को, फेरि नयाँ पहेँलो गन्जी किनेर त्यसलाई पनि बिगार्नुपर्ने थियो। त्यसैले ऊ काँचो करेला टोकेझैँ तितो बोली बोलेर छड्किएको थियो।

खासमा रोसन आफ्नो नामको रो र रोनाल्डोको रो मिलेर त्यसैउसै रोमाञ्चित भएको थियो। वर्ल्डकप सकिएपछि पनि उसले आफ्ना नोट कापीहरूमा रोसन रोनाल्डो लेख्थ्यो रे! अझ जिल्लास्तरीय परीक्षाअघि त उसले नाम फेर्न मिल्ने भए रोनाल्डोप्रसाद लामिछाने भनेर नाम फेर्ने योजनासमेत बनाएको थियो रे!

विश्वकप सकियो। बर्खामास सकियो। गर्मी बिदा पनि सकियो। तर, ब्राजिल र रोनाल्डोको प्रभाव जीवनभर रहने भयो।

खैर, रोसनको कुरा यहीँ छोडौँ। रोनाल्डो जस्तो कपाल खौरिने अरू पनि धेरै जना देखिएका थिए। तीमध्ये पौडेल पुरेतको छोराले त मारी खप्की खाएको थियो।

‘तेरीमा गधा! तेरो बाउ याँ जिम्दै छु। तँ नाथे टुप्पीसमेत खुर्केर कपाल खौरिनी? मेरो किर्रे बस्या होस्?’ भनेर पुरेतबाले छोराको गर्धन न्याकेको खबरले पनि त्यसबेला तात्तातो समाचार बनेर गाउँ हल्लाएको थियो।

वर्ल्डकपले तताउँदै तताउँदै घिच्याएर ल्याएर सबैलाई फाइनल म्याचको भुंग्रोमा जाक्दियो। मध्यरातमा फाइनल हेर्नेको घुइँचो लाग्यो। यसपालि त अचम्म भो। आयोजक फ्रान्सले उल्कै पो गर्‍यो। हाम्रो रोनाल्डोले अघिपछि जस्तै फुतुतु छलाएर लगेर गोल हानेको हेर्न हामी आतुर भई बसेका थियौँ। गोल हानेपछि एउटा हातको चोर औँला हल्लाउँदै कुदेको हेर्न आतुर थियौँ। दुई हातका दुई चोर औँला आकाशतिर देखाएर हल्लाएर मुसुक्क हाँसेको हेर्न हामी रोनाल्डोप्रेमी अति आतुर थियौँ। तर, यस्तो हुँदै भएन। बरु ब्राजिलको डिबक्सभित्र बुत्रुक्क उफ्रिएर तालुको कपाल पातलो भएको एउटा खेलाडीले ड्याङ्गै हेड हानेर गोल हान्दियो। त्यसपछि ऊ आफ्नो जर्सीलाई पेटतिरबाट उचालेर चुप्पा खाँदै कुद्यो। एकले नपुगेर जिदाने भन्ने त्यो मोराले अर्को गोल पनि हान्दियो। ब्राजिलविरोधी चारपाँच जना दुखीआत्माले संसार आफैँले जिते जसरी खुसी मनाए। हामी ब्राजिलवादीहरू खिन्न भयौँ। फ्रान्सले ब्राजिललाई तीन गोल ठोकेर त्यो सालको वर्ल्डकप उचाल्यो।

वर्ल्डकप सकियो। बर्खामास सकियो। गर्मी बिदा पनि सकियो। तर, ब्राजिल र रोनाल्डोको प्रभाव जीवनभर रहने भयो। बिदापछि स्कुल आउने धेरैले वर्ल्डकपको कुरा गर्थे। तालुचिन्डे रोनाल्डोलाई नचिन्ने कोही थिएन। हाम्रो कक्षामा पनि एउटा साथी रोनाल्डो कट कपाल काटेर आयो। केटाहरूले उसको तालु सुमसुम्याउँदै उसलाई ओई रोनाल्डो भन्थे। कोही चाहिँ रोनाल्डोको टुप्पी छैन। यसले त टुप्पी नि राख्या रहेछ भन्थे। मैले पनि उसलाई टाउको रोनाल्डोको जस्तै बनाउनी भए टुप्पी पनि काट्नुपर्छ भन्ने सल्लाह दिएँ। तर, अघिदेखि चुपचाप बसेको उसले आँखाबाट आँसुको ढिक्का खसाल्यो। मैले केही बुझिनँ।

पछि मात्र थाहा भयो, खासमा फ्रान्समा वर्ल्डकप चलिरहँदा यता उसले आफ्नो बालाई गुमाएको रहेछ। सारा दुनियाँ फुटबल हेरेर रमाइरहँदा उसको जीवनमा भने दु:खको पहाड खसेको रहेछ। उसले बरखी बार्न लगाएको सेतो टिसर्ट हेरेर एउटा साथीले भन्यो, ‘यो गन्जी पनि पहेँलो हुनुपर्ने थियो। हामीले त रंगीन टीभीमा हेरेको, ब्राजिलको गन्जी पहेँलो थियो।’

यसपालि भने ऊ धुरुधुरु रोयो। उसको जीवन त उसको बा गएसँगै श्यामश्वेत भैसकेको थियो।

आजकल पनि वर्ल्डकप आउँदा म ब्राजिलकै समर्थन गर्छु। रोनाल्डोलाई सम्झिन्छु। रोसन सम्झेर हाँस्छु अनि उही बा गुमाएको साथी सम्झेर भावुक हुने गर्छु।