काठमाडौँ। सर्वोच्च अदालतले व्यवसायी अजेय सुमार्गी पराजुलीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा थप अनुसन्धान नगर्न अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश बालकृष्ण ढकालको इजलासले व्यवसायी सुमार्गीले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै अनुसन्धान अघि नबढाउन अन्तरिम आदेश गरेको हो।
अदालतले आज सार्वजनिक आएको लिखित पाठमा भनिएको छ, “प्रस्तुत निवेदनको अन्तिम किनारा नलागेसम्म यस अदालतबाट भएको अन्तिम आदेशविपरीत हुने गरी निवेदकका विरुद्धमा कुनै कारबाही नगर्नू/नगराउनू।”
व्यवसायी सुमार्गीले आफूमाथि धेरैपटक अनुसन्धान भइरहेको उल्लेख भन्दै अनुसन्धान रोक्न माग गर्दै रिट दायर गरेका थिए। दुई साताअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी सुमार्गीको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध व्यवसायी सुमार्गी सर्वोच्च अदालतमा गएका थिए।