काठमाडौँ
००:००:००
२३ असार २०८३, मंगलवार

२३ असार २०८३
अ+
अ-

ललितपुर। बागमती प्रदेश सरकारले प्राविधिक उच्च शिक्षातर्फ सात विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।

शिक्षा विकास निर्देशनालय बागमतीले ललितपुरमा मंगलबार आयोजना गरेको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सात विद्यार्थीलाई छात्रवृत्ति वितरण गरे। कार्यक्रममा मेडिकल डाक्टरतर्फ एक र सिभिल इन्जिनियरिङ, भेटेरेनरी डाक्टर र कृषितर्फ २-२ जनालाई छात्रवृत्ति वितरण गरिएको थियो।

स्नातक तहका कार्यक्रमतर्फ तीन किस्तामा छानवृत्ति रकम उपलब्ध गराइने निर्देशनालयले जनाएको छ। छात्रवृत्ति वितरण कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले आर्थिक अभाव भएका र अभिभावकविहीन विद्यार्थीको अभिभावकत्व बागमती प्रदेश सरकारले लिने निर्णयअनुसार गरिबका छोराछोरीलाई प्राविधिक तथा प्रविधिमैत्री शिक्षा पढाउन विशेष व्यवस्था गरिएको बताए।

बागमती प्रदेश सरकारले आउँदो वर्षको बजेटमा गाउँबस्तीका सामुदायिक तथा आधारभूत विद्यालयमा एआईसम्बन्धी शिक्षा प्रणाली समावेश गर्ने र पढाउने योजना अघि सारेको उनले जानकारी दिए।