काठमाडौँ। सिंहदरबार परिसरमा नियमविपरीत पार्किङ गरिएका सवारीसाधनमा ‘ह्विल लक’ लगाइएको छ। ट्राफिक प्रहरीले परिसरभित्र तोकिएको स्थानभन्दा बाहिर तथा अव्यवस्थित रूपमा पार्किङ गरिएका सवारी साधनहरूलाई ह्विल लक गर्दै आवश्यक कारबाही अगाडि बढाएको जनाएको छ।
सुरक्षा र व्यवस्थापनलाई थप प्रभावकारी बनाउन यस्तो अभियान सञ्चालन गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। सरकारी कार्यालयहरूको केन्द्र मानिने सिंहदरबार क्षेत्रमा अव्यवस्थित पार्किङका कारण सवारी आवागमनमा अवरोध सिर्जना हुनुका साथै आकस्मिक सेवामा समेत समस्या पर्ने गरेको गुनासो बढेपछि कडाइ गरिएको हो।
ट्राफिक प्रहरीले सबै चालकलाई तोकिएको स्थानमै सवारी पार्किङ गर्न आग्रह गर्दै नियम उल्लंघन गरे अनिवार्य कारबाही हुने चेतावनी दिएको छ।
हेरौँ सिंहदरबार परिसरमा अव्यवस्थित पार्किङ गरिएका सवारीसाधनलाई ट्राफिक प्रहरीले गरेको कारबाहीका थप तस्बिर :
