काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

२९ फाल्गुन २०८२
अ+
अ-

काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा दुई हजार ८०० रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला तीन लाख १४ हजार २०० रुपैयाँ तोकेको छ। अघिल्लो दिन तीन लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो । गत माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च तोलामा तीन लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ।

आज चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको छ। अघिल्लो दिन प्रतितोला पाँच हजार ५१५ रुपैयाँमा चाँदीको कारोबार भएकोमा शुक्रबार पाँच हजार ४९५ रुपैयाँमा झरेको महासंघले जनाएको छ