काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन सुरु भएको छ।
भरतपुरको ‘गेष्टहाउस’ चौरमा निर्माण गरिएको सभाहलस्थित विशेष समारोहबीच पार्टी सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता एवम् प्रधानमन्त्री वालेन्द्र शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गरेका हुन्।
सो अवसरमा उनीहरुसँग मञ्चमा रहेका अतिथिहरुले पनि एकै साथ घण्टी बजाएका थिए। कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपा (एमाले)का नेता प्रदीप ज्ञवाली, नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देल सहभागी छन्।
यसै गरी पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतको सहभागिता रहेको छ। उद्घाटन सत्र सुरु हुँदै गर्दा वर्षा भए पनि समारोहमा मानिसहरुको उल्लेख्य उपस्थिति छ।