काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम भोलि (बुधबार) का लागि तय गरिएको छ।
पार्टीले जारी गरेको जानकारीअनुसार पार्टी केन्द्रीय कार्यालय चमतिमा बुधबार बिहान ११ बजे शपथ ग्रहणको कार्यक्रम हुने भएको हो।
शपथसँगै महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिनेछ। कार्यक्रममा पार्टीका शीर्ष नेता, नव-निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित अतिथि उपस्थिति रहने पार्टीले जनाएको छ।