पर्वत। पर्वतको कुश्मा नगरपालिका १‚ सहस्रधारानजिकै कालीगण्डकी नदीको बीच भागमा एउटा शव फेला परेको छ।
नदीले बगाएर ल्याएको अवस्थामा भेटिएको शव सशस्त्र प्रहरी बल नेपाल नम्बर २५ गण हेडक्वाटर पर्वतबाट खटिएको टोलीले उद्धार गरी नदीबाट बाहिर निकालेको छ। उक्त शव गएरातिदेखि म्याग्दी सदरमुकाम बेनीबाट बेपत्ता भएका बेनी नगरपालिका ४‚ सिंगाका ३६ वर्षीय राजु सार्कीको रहेको पुष्टि भएको छ।
शव मृतकका दाजु मानबहादुर सार्कीलाई बुझाइ परीक्षणका लागि प्रदेश अस्पताल म्याग्दी पठाइएको सशस्त्र प्रहरी उपरीक्षक क्षितिज क्षेत्रीले जानकारी दिए।
गणपति क्षेत्रीको कमान्डमा र्याफ्टिङ बोटसहित खटिएको १५ जनाको टोली र बागलुङबाट सशस्त्र प्रहरी उपरीक्षक मनोज खड्काको नेतृत्वमा खटिएको १० जनाको टोलीले संयुक्त रूपमा शव नदीबाहिर निकालेको थियो।