काठमाडौँ
००:००:००
२५ माघ २०८२, आईतवार

२२ मंसिर २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ। नेपाल प्रहरीले हुन्डीमार्फत साढे ५७ लाख रुपैयाँको कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ।

प्रहरी वृत्त कालीमाटीको टोलीले काठमाडौँ महानगरपालिका १४‚ कुलेश्वरस्थित चुन्ने पाखा टोलमा हुन्डीमार्फत ५७ लाख ४७ हजार ३५० रुपैयाँको कारोबार गर्ने काभ्रे नमोबुद्धका ३४ वर्षीय सरोज श्रेष्ठलाई पक्राउ गरी आज (सोमबार) सार्वजनिक गरेको हो।

पक्राउ परेका श्रेष्ठलाई हुन्डीसम्बन्धी कारोबार गर्न नहुने कसुरमा जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले जानकारी दिए।