काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

२३ फाल्गुन २०८२
अ+
अ-

सुर्खेत। जाजरकोटमा नेपाली काँग्रेसका खडकबहादुर बुढा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। अन्तिम मतपरिणामअनुसार बुढा २ हजार ७३५ मतान्तरले विजयी भएका हुन्। बुढाले बीस हजार १४२ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पर्टी (नेकपा) बाट उम्मेदवार रहेको शक्तिबहादुर बस्नेतले १७ हजार ४०७ मत ल्याएका छन्। नेकपा एमालेका उम्मेदवार डम्बरबहादुर सिंहले १६ हजार ८८३ मत ल्याएका छन्। जाजरकोटमा रास्वपाका उम्मेदवार राघव कार्कीले २ हजार ४७१ मत ल्याएका छन् ।