काठमाडौँ
००:००:००
२४ जेष्ठ २०८३, आईतवार

अनुसन्धान प्रक्रिया चलिरहे पनि बैंकको सेवा प्रवाहमा कुनै असर नपर्ने र नियमित रूपमा सेवा लिन ग्राहकहरूमा अनुरोध छ : सूचना अधिकारी रवीन्द्र ढकाल

१४ मंसिर २०८२
नीरज लम्साल।
अ+
अ-

काठमाडौँ। प्रभु बैंक लिमिटेडको कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नीरज लम्साल नियुक्त भएका छन्।

सूचना अधिकारी रवीन्द्र ढकालका अनुसार बैंकको सञ्चालक समितिको आइतबार राति बसेको आकस्मिक बैठकले लम्साललाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेललाई प्रहरीले पक्राउ गरेपछि वरिष्ठताका आधारमा लम्साललाई कामु सीईओको जिम्मेवारी दिइएको हो। लम्साल प्रभु बैंकमा प्रमुख रिकभरी अधिकृत छन्।

सूचना अधिकारी ढकालका अनुसार अनुसन्धान प्रक्रिया चलिरहे पनि बैंकको सेवा प्रवाहमा कुनै असर नपर्ने र नियमित रूपमा सेवा लिन ग्राहकहरूलाई विज्ञप्तिमार्फत अनुरोध गरिएको छ।

वरिष्ठताका आधारमा लम्साललाई कामु सीईओको जिम्मेवारी दिइएको हो।

बैंकबाट सम्पादन हुने सबै किसिमका सेवा सम्पूर्ण शाखा सञ्जालहरुबाट निर्वाध रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाइएको पनि बैँकद्वारा जारी विज्ञप्तिमा भनिएको छ। सूचना अधिकारी ढकालका अनुसार अनुसन्धान प्रक्रिया चलिरहे पनि बैंकको सेवा प्रवाहमा भने कुनै असर हुने छैन। उनले नियमित रुपमा सेवा लिन आफ्ना ग्राहकलाई विज्ञप्तिमार्फत अनुरोध गरेका छन्।

विज्ञप्तिमा भनिएको छ‚ “अनुसन्धानको कारणले बैंकको दैनिक कार्य सञ्चालन, वित्तीय सुशासन, निक्षेपकर्ता, सेयरधनी तथा ग्राहकहरुको हितमा नकारात्मक असर पर्ने अवस्था नरहेको व्यहोरा विश्वास दिलाउन चाहन्छौं । साथै, बैंकका समस्त निक्षेकर्ता, ग्राहक एवं सेयरधनी महानुभावहरुबाट सदाझैँ बैंकप्रति सहयोग, सद्भाव तथा शुभेच्छा प्राप्त भैरहनेमा विश्वस्त छौँ।”

यो पनि…

प्रभु बैंकका सीईओ शेरचन र डेपुटी सीईओ पोखरेल पक्राउ