काठमाडौँ। कांग्रेस विशेष महाधिवेशनको बन्द सत्रबाहिर नाराबाजी सुरू भएको छ। महाधिवेशन प्रतिनिधिहरूले अहिले हलबाहिर नाराबाजी गरिरहेका छन्।
संस्थापन पक्षसँग नेताहरू वार्तामा बसेको भन्दै उक्त कदम रोक्न उनीहरूले माग गरेका छन्। झुटो वार्ता रहेको दाबी गर्दै प्रतिनिधिहरू नाराबाजीमा उत्रिएका हुन्।
हलबाट नयाँ नेतृत्व चयन गर्न उनीहरूले माग गरिरहेका छन्। बन्द सत्रमा महामन्त्रीद्वयको प्रतिवेदनमाथि समूहगत छलफल जारी छ।
सोमबार बिहान नै संस्थापन पक्षसँग त्रिपक्षीय वार्ता सुरू भएको थियो। दिउँसो पुन: वार्ता हुने बताइएको छ। विशेष महाधिवेशन आयोजकले चार सदस्यीय टोली गठन गरी संस्थापन पक्षसँग वार्ता गरिरहेको छ।