काठमाडौँ। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका निश्कल राई निर्वाचित भएका छन्। योसँगै कांग्रेसले प्रत्यक्षतर्फ १८ सिटमा जित हासिल गरेको छ।
श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बूलाई ९११ मतले पराजित गर्दै राई विजयी भएका हुन्।
राई १४ हजार ५४३ मत ल्याएर विजयी हुँदा उनका निकट्तम प्रतिस्पर्धी लिम्बूले १३ हजार ६३२ मत ल्याए।
यस्तै नेकपा एमालेका उम्मेदवार काजीमान कागतेले ११ हजार ९६६ मत पाएर तेस्रो स्थानमा रहे। रास्वपाका विमल गदालले नौ हजार १६० मत पाए।
यसैगरी नेकपाका रनबहादुर राईले सात हजार ६६५ मत ल्याउँदा राप्रपाकी ज्वाला नेपालले ५७७ मतमै चित्त बुझाइन्।
यो पनि…