काठमाडौँ। नेपालमा विदेशी विनिमयको सञ्चिति ३३ खर्ब दुई अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। चालु आवको माघ मसान्तसम्ममा विदेशी विनिमय सञ्चिति २३.३ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ।
राष्ट्र बैंकले बुधबार प्रकाशन गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार गत असार मसान्तमा विदेशी विनिमय सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड थियो।
अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १९ अर्ब ५० करोड रहेकामा २०८२ माघ मसान्तमा १६.७ प्रतिशतले वृद्धि भई २२ अर्ब ७६ करोड पुगेको राष्ट्र बैंकको तथ्यांक छ। कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.५ प्रतिशत छ।

स्रोत : नेपाल राष्ट्र बैंक
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २९ खर्ब २६ अर्ब ९९ करोड पुगेको छ। गत असार मसान्तमा केन्द्रीय बैंकमा यस्तो सञ्चिति २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ थियो। गत माघ मसान्तसम्ममा यस्तो सञ्चिति २१.२ प्रतिशतले बढेको केन्द्रीय बैंकको तथ्यांक छ।
नेपाल राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थामा विदेशी विनिमय सञ्चिति तीन खर्ब ७५ अर्ब ६७ करोड छ। २०८२ असार मसान्तमा दुई खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ थियो।
यो पनि…