भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक परिवर्तन, व्यापार, लगानी, जलवायु परिवर्तन र सामाजिक–आर्थिक विकासमा सहकार्यका विषयमा छलफल भएको थियो। साथै भूतपूर्व गोर्खा सम्बन्धी मुद्दा पनि उठाइएको बताइएको छ।
बेलायतले नेपालको शान्तिपूर्ण निर्वाचनको स्वागत गर्दै नयाँ सरकारसँग सहकार्य गरेर द्विपक्षीय सम्बन्ध अझ बलियो बनाउने प्रतिबद्धता जनाएको छ।





