काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

२९ फाल्गुन २०८२
अ+
अ-

बग्दाद। इराकमा अमेरिकी सैन्य विमान दुर्घटना भएको छ। विमान दुर्घटनामा चारजनाको मृत्यु भएको अमेरिकी केन्द्रीय कमान्डले पुष्टि गरेको छ।

पश्चिमी इराकमा अमेरिकी सैन्य केसी-१३५ रिफ्युलिङ विमान दुर्घटनाग्रस्त भएको हो।

अमेरिकी केन्द्रीय कमान्डले एक्समा पोस्ट गरेको छ‚ “मार्च १२ मा लगभग २ बजे पश्चिमी इराकमा अमेरिकी केसी-१३५ रिफ्युलिङ विमान दुर्घटनाग्रस्त भएको छ। उद्धार कार्य जारी रहँदा बोर्डमा रहेका ६ जना चालक दलका सदस्यमध्ये चारजनाको मृत्यु भएको पुष्टि भएको छ।”

अमेरिकी केन्द्रीय कमान्डका अनुसार घटनाको कारण अनुसन्धान भइरहेको छ। कमान्डले यो पनि भनेको छ- “विमान शत्रुको गोली वा आन्तरिक आगोका कारणले भने दुर्घटना भएको होइन।”