काठमाडौँ
००:००:००
७ असार २०८३, आईतवार

७ असार २०८३
अ+
अ-

काठमाडौँ। हास्यकलाकार खेम शर्मा ‘चतुरे’ को अमेरिकामा निधन भएको छ।

अमेरिकाको बाल्टिमोरस्थित फ्यांकलिन स्क्वायरस्थित मेडस्टार अस्पतालमा उनको आइतबार बिहान निधन भएको हो।

हास्यकलाकार शिवहरि पौडेलले सामाजिक सञ्जालमार्फत शर्माको निधनले ‘असल साथी गुमाएको’ उल्लेख गरेका छन्। पौडेल र शर्माले थुप्रै सिरियलमा सँगै काम गरेका छन्।

शर्मा लामो समयदेखि अमेरिकामा परिवारसहित बस्दै आएका थिए। शर्मा विगत सात वर्षदेखि क्यान्सर रोगसँग लड्दै आएका थिए। उनको उपचारकै क्रममा निधन भएको हो। ‘चतुरेको दाउपेच’ शर्माको चर्चित सिरियल हो। उनले ‘चतुरेको दाउपेच’ नामक चलचित्रसमेत निर्माण गरेका थिए।

उनको निधनप्रति थुप्रै कलाकारले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।