काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले नागढुंगा सुरुङमार्गको निरीक्षण गरेका छन्।
निरीक्षणका क्रममा उनले आयोजनाबाट प्रभावित स्थानीयसँग छलफलका साथै उनीहरूको मागको विषयमा पनि जानकारी लिएका छन्। स्थानीयले मुआब्जा, पुन:स्थापना तथा दैनिक जीवनमा परेको प्रभावबारे आफ्ना गुनासा राखेका थिए। सभामुख अर्यालले उनीहरूको माग र समस्यालाई गम्भीर रूपमा लिँदै सम्बन्धित निकायसँग समन्वय गरी यथाशीघ्र समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
यस्तै उनले निरीक्षणका क्रममा आयोजनाको प्रगति, निर्माणको वर्तमान अवस्था तथा देखिएका चुनौतीबारे सम्बन्धित अधिकारीहरूसँग जानकारी लिएका थिए।
उनले राष्ट्रिय गौरवका आयोजनाहरू समयमै सम्पन्न हुनु आवश्यक रहेको उल्लेख गर्दै स्थानीय सरोकार र जनचासोलाई प्राथमिकतामा राखेर काम अगाडि बढाउन निर्देशन दिएका थिए। नागढुंगा सुरुङमार्गले काठमाडौँ उपत्यकामा यातायात सहज बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ।
हेर्नुहोस् थप तस्बिर :
