सेयरबजार
सबै अर्थात् कारोबार भएका १३ समूहकै सूचक घटेर राताम्मे बनेको नेप्से २६०१.९२ विन्दुमा रोकियो
काठमाडौँ। साताको चौथो कारोबार दिन आज (बिहीबार) पनि नेप्से दोहोरो अंकले घटेको छ। दिनभर उतारचढाव रहेको नेप्से अन्तत: १९.६७ अंकले घटेर बन्द भयो। नेप्सेको कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
नेप्से बुधबार ३०.०९ अंकले घटेको थियो। मंगलबार भने २४.५७ अंकले बढेको थियो। सोमबार २६.२९ अंकले घटेको थियो। अघिल्लो कारोबार दिनको तुलनामा आज ०.७५ प्रतिशतले घट्दै नेप्से २६०१.९२ विन्दुमा रोकिएको छ।
आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि २.४९ अंकले घटेर ४५४.१९ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा ०.५४ प्रतिशतले कम हो। यस्तै फ्लोट इन्डेक्स ०.६७ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.५८ प्रतिशतले घटेको छ।
सेयरबजारमा बिहीबार ३६१ कम्पनीको ५७ हजार ८६४ पटकको कारोबारमा ८७ लाख ५१ हजार ३८० कित्ता सेयर किनबेच भए। जसअनुसार बिहीबार चार अर्ब ६१ करोड १९ लाख ५४ हजार ७८२ रुपैयाँको कारोबार भयो।
बुधबार चार अर्ब ८२ करोड ६० लाख ८४ हजार ८२५ रुपैयाँको कारोबार भएको थियो। मंगलबार चार अर्ब ४० करोड सात लाख ५२ हजार ५४२ रुपैयाँको कारोबार भएको थियो। यसैगरी सोमबार भने तीन अर्ब ५५ करोड ७९ लाख ८१ हजार ४९८ रुपैयाँको कारोबार भएको थियो।
नेप्सेमा आज ४२ कम्पनीका मात्र सेयरमूल्य बढे। २२९ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा ६ कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज (बिहीबार) १३ समूहको कारोबार भएकामा सबै समूहका सूचक घटेर राताम्मे बने।

जसअनुसार नेप्सेमा बिहीबार वाणिज्य बैंक ०.५०‚ विकास बैंक १.११‚ फाइनान्स ०.६२‚ होटेल तथा पर्यटन ०.७६‚ जलविद्युत् ०.७०‚ लगानी ०.९५‚ जीवन बिमा ०.६१‚ उत्पादन तथा प्रशोधन १.१९ र लघुवित्त उपसमूहको सूचक ०.६९ प्रतिशतले ओरालो लागे।
यसैगरी म्युचुअल फन्ड १.१६‚निर्जीवन बिमा ०.६६‚ अन्य ०.१८ र व्यापार समूहको उपसूचक २.३६ प्रतिशतले घटे।
नेप्सेमा बिहीबार उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले १२.६८ प्रतिशतले आम्दानी गरे। बीओके डिबेन्चरका लगानीकर्ताले ८.६६ प्रतिशतले सेयरमूल्य गुमाए।
कारोबार रकमका आधारमा आज जीबीआईएमई डिबेन्चर अग्रस्थानमा रह्यो। बिहीबार यसको ३५ करोड ५८ लाख ९२ हजार ८२० रुपैयाँको कारोबार भयो।
त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिडेटको डिबेन्चर नै अगाडि रह्यो। बिहबार यसको चार लाख ९८ हजार ९६० कित्ता सेयर कारोबार भयो। यसको आज अन्तिम कारोबार मूल्य प्रतिकित्ता २३९ रुपैयाँ कायम रह्यो।