काठमाडौँ
००:००:००
२३ असार २०८३, मंगलवार

२३ असार २०८३
अ+
अ-

काठमाडौँ। नेपाल घरेलु तथा साना उद्योग महासंघले शोभा गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। यसअघि उपाध्यक्ष रहेकी गुरुङले केन्द्रीय महिला उद्यमी समिति अध्यक्ष तथा महासंघको विभिन्न जिम्मेवारीमा काम काम गरिसकेकी छन्।

महासंघको ललितपुरमा सम्पन्न २६औँ राष्ट्रिय महाधिवेशन तथा २३औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनबाट निवर्तमान अध्यक्षमा उमेशप्रसाद सिंह, वरिष्ठ उपाध्यक्षमा डम्बरप्रसाद रेग्मी तथा उपाध्यक्षहरूमा लघु उद्यमतर्फ पूर्णबहादुर भण्डारी, घरेलु उद्योगतर्फ सत्यनारायण अग्रवाल, साना उद्योगतर्फ यादवकुमार अधिकारी, अन्तर्राष्ट्रिय सम्बन्धतर्फ हरिहर थापा, महिलातर्फ जानकी प्रधान, वस्तुगततर्फ मोहन कटुवाल, एसोसियट्सतर्फ रामनाथ मैनाली, सहकारीतर्फ सत्यनारायण प्रजापति, कृषितर्फ चन्द्रबहादुर बुढा क्षेत्री र नवीकरणीय ऊर्जातर्फ गुणराज ढकाल निर्वाचित भएका छन्। महासंघको महासचिवमा विनोददेव पन्त, कोषाध्यक्षमा वीरेन्द्र जति, सचिवमा प्रेमबहादुर डीसी र सह-कोषाध्यक्ष हेमविक्रम जीसी छन्।

यसैगरी कोसी प्रदेश सदस्यमा गोपाल काफ्ले, शरणकुमार राई र रूपाकुमारी श्रेष्ठ तथा मधेस प्रदेश सदस्यमा उमेश दाहाल, नवीनकुमार यादव र पूर्णकुमारी कार्की चयन भएका छन्।

बागमती प्रदेश सदस्यमा तारानिधि पोखरेल, रमेश ढुंगाना र पदमकुमारी कार्की तथा गण्डकी प्रदेश सदस्यमा गोपी अधिकारी र विन्दु पोखरेल काफ्ले चयन भए।

लुम्बिनी प्रदेश सदस्यमा वसन्त रोक्का क्षेत्री, रामचरण बीसी र प्रेमकुमारी पुन तथा कर्णाली प्रदेश सदस्यमा अजयबहादुर गिरी, रामकृष्ण चौलागाईं र सुजता कँडेल रहेका छन्। सदूरपश्चिम प्रदेश सदस्यमा भीमबहादुर कुँवर र महेशप्रसाद दाहाल छन्।

खुला सदस्यमा अमृतप्रसाद सिग्देल, अष्टमान महर्जन, कन्हैयालाल कशौधन, जंगबबहादुर गिरी, पवन अधिकारी, प्रदीपप्रसाद उदय, फुर्वा दोर्जे शेर्पा, वसन्तकुमार महर्जन, विक्रम सापकोटा, लवराजा सिंह, लक्ष्मण ग्वाछा, शिवलाल गिरी, सितम भण्डारी, सूर्यबहादुर थापा चयन भए।

महिला सदस्यमा उमाकुमारी खत्री, कमला बास्कोटा रिजाल, तुलसाकुमारी कँडेल, रूपादेवी श्रेष्ठ, लक्ष्मी घिमिरे बस्नेत, लीलाकुमारी पाण्डे, शर्मिला अधिकारी छन्। सदस्यमा (वस्तुगत संघ) तर्फ कुमार कसजू श्रेष्ठ, ङिमा शेर्पा, ठाकुरप्रसाद न्यौपाने, रामकृष्ण श्रेष्ठ, रामहरि तोलाङ र रीता ढकाल दवाडी छन्। साथै सदस्य (एसोसिएटस्) तर्फ इन्द्रबहादुर थापा क्षेत्री, खडक बोगटी, खोजराज कटुवाल, वसन्तकुमार पाण्डे, मन्दिरा महर्जन तथा सदस्य (सहकारी) तर्फ अमृतबहादुर कार्की, कृष्णराम ग्वाछा र सदस्य (नवीकरणीय ऊर्जा) तर्फ एवंबहादुर मगर, कृष्णप्रसाद ढकाल, तेजनारायण ठाकुर, प्रकाशविक्रम बस्नेत, सुलोचना खतिवडा छन्। यस्तै केन्द्रीय महिला उद्यमी समितितर्फ अध्यक्षमा रीता अवाल निवार्चित भइन्।

समितिको वरिष्ठ उपाध्यक्षमा शान्ति शर्मा, उपाध्यक्ष (उद्यम व्यवसाय) शर्मिला खत्री, उपाध्यक्ष (संगठन) सोनी महतो महासचिवमा सुलोचना श्रेष्ठ, कोषाध्यक्षमा मीना तामाङ र सचिवमा दीपा शाक्य निर्वाचित भए।

महिला उद्यमी समिति सदस्यमा अर्चना सिलवाल कँडेल, इरा शर्मा प्रसाईं, कुमारी राधिका ऐर, कृष्णाकुमारी पौड्याल, गीता सिम्खडा, पविता गिरी, प्रकृति खड्का, रीता भट्टराई, विमला थापा, सुमित्रा सापकोटा, सरिता श्रेष्ठ, सुजिता दुवाल बैदार चुनिए छन्।

नवनिर्वाचित अध्यक्ष गुरुङले आफ्नो चयनलाई व्यक्तिगत सफलताभन्दा पनि सम्पूर्ण उद्यमीहरूको विश्वासको रूपमा लिएको बताइन्। “मलाई निर्विरोध रूपमा चयन गरिनुको अर्थ मेरा सहकर्मी र उद्यमी मित्रहरूले महासंघलाई नयाँ ढंगले अगाडि बढाउने जिम्मेवारी सुम्पनुभएको हो,” उनले भनिन्।

यस्तै केन्द्रीय महिला उद्यमी समितितर्फ अध्यक्षमा रीता अवालले नयाँ नेतृत्व चयनसँगै टिमवर्कमा काम गर्न जरुरी रहेको भन्दै अबको कार्यकालमा प्रणाली/व्यवस्था, प्रोफाइल, उद्यमशीलता, सञ्जाल निर्माण, सुशासनमा केन्द्रित रहेर महासंघको छवि र गरिमालाई उच्च बनाउने कार्यमा लाग्ने प्रतिबद्धता जनाइन्।