काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
महाधिवेशनको विषय उत्कर्षमा पुगेको अवस्थामा शुक्रबार दिउँसो ३ बजेका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगितको घोषणा गरेर विशेष महाधिवेशनका लागि अगाडि बढेपछि सभापति शेरबहादुर देउवाले आज (बिहीबार) दिउँसो कार्यवाहक सभापति पूर्णबहहादुर खड्का‚ नेता शेखर कोइराला‚ मीनेन्द्र रिजाल‚ रमेश लेखकलगायतसँग छलफल गरेका थिए।
सभापति देउवाले भोलि (शुक्रबार) बिहान आफूपक्षीय नेताहरूको बैठक पनि बोलाएका छन्। महामन्त्री थापा र शर्माले विशेष महाधिवेशनका लागि गरेका गतिविधिबारे छलफल गर्न देउवाले शीर्ष नेतालाई बोलाएका हुन्।
यो पनि…
विशेष महाधिवेशनको तयारीमा गगन-विश्वप्रकाश, भृकुटीमण्डपको हल बुकिङ
