काठमाडौँ
००:००:००
३ फाल्गुन २०८२, आईतवार

३ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। प्रतिनिधिसभा निर्वाचनमा सहभागी अधिकांश राजनीतिक दल र प्रत्यक्षतर्फका उम्मेदवारले घोषणापत्र सार्वजनिक गरी निर्वाचन आयोगमा बुझाएका छन्।

आयोगको निर्देशनबमोजिम विभिन्न दल र उम्मेदवारले घोषणापत्र बुझाउन थालेका र विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए।

आजै मात्र राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो पार्टी नेपाल र नेपाल मजदुर किसान पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्। नेपाली कांग्रेसले आज (आइतबार) काठमाडौँमा घोषणापत्र सार्वजनिकको तयारी गरे पनि स्थगन गरी यही ६ फागुनमा जनकपुरबाट सार्वजनिक गर्ने तय गरेको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

उनेपाको प्रतिबद्धता-पत्र : प्रतिनिधिसभा सदस्य संख्या २०१‚ मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित (पूर्ण पाठ)

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले ७ फागुनभित्र घोषणापत्र सार्वजनिकको तयारी गरेको पार्टीका निर्वाचन प्रचार संयोजक मीनबहादुर शाहीले जानकारी दिए। नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायत दलले केही दिन पहिला घोषणपत्र सार्वजनिक गरिसकेका छन्।

१८ फागुनसम्म निर्वाचन प्रचार गर्न पाइने

यही २१ फागुनमा हुने निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरी यही ३ फागुनभित्र पेस गर्न निर्वाचन आयोगले निर्देशन दिएको थियो। निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ मा निर्वाचनमा सहभागी हुने राजनीतिक दलले निर्वाचन आयोग र पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फका उम्मेदवारहरुले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्न राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम निर्देशन दिइएको थियो।

यो पनि…

आयोगको निर्देशन- चुनावमा जुलुस र आमसभा सभ्य रूपमा गर्नू