सुर्खेत। कर्णाली प्रदेशमा ५५.१ प्रतिशत मत खसेको छ।
मतदान बिहीबार बिहान ७ देखि साँझ ५ बजेसम्म चलेको थियो। जसअनुसार ५५.५ प्रतिशत मतदान भएको निर्वाचन आयोगको कर्णाली प्रदेश कार्यालयले जनाएको छ।
प्रदेश निर्वाचन कार्यालयका अधिकृत लालबहादुर गुरुङका अनुसार कर्णाली प्रदेशमा पाँच लाख ७७ हजार २४२ मत खसेको हो। जसमध्ये तीन लाख १२ हजार ८४५ जना महिला र दुई लाख ६४ हजार ६९५ जना पुरुष मतदाताले मतदान गरेका छन्। यस्तै अन्य समूहका दुईजनाले मतदान गरेका छन्।
१२ प्रतिनिधिसभा क्षेत्र रहेको कर्णाली प्रदेशका १० जिल्लामा १० लाख ४८ हजार १३८ जना कुल मतदाता छन्। निर्वाचन आयोग कर्णाली प्रदेश कार्यालयका अनुसार सुर्खेतमा एक लाख ४३ हजार ५२३ जनाले मतदान गरेका छन्। दैलेखमा ८० हजार ३९० जनाले मतदान गरेका छन्। कर्णालीमा दुईवटा निर्वाचन क्षेत्र भएका यी दुई मात्र जिल्ला हुन्। बाँकी जिल्लामा एक/एकवटा निर्वाचन क्षेत्र छन्।
यो पनि…
निर्वाचन कार्यालयका अनुसार जाजरकोटमा ६१ हजार ६५७, सल्यानमा ८४ हजार २०१, रुकुम पश्चिममा ६२ हजार ९६८, कालीकोटमा ४२ हजार ५२३, जुम्लामा ४१ हजार २०८, मुगुमा २२ हजार १६८, डोल्पामा १६ हजार ४६७ र हुम्लामा २२ हजार ४६७ जनाले मतदान गरेका छन्।