झापा। मेचीनगर नगरपालिका-१४ दुवागढीमा आज बिहान विद्युत् सर्ट भएर आगलागी हुँदा एक घर जलेर पूर्ण रूपमा नष्ट भएको छ।
आगलागीबाट करिब ४२ लाख रुपैयाँ बराबरको धनमालको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार स्थानीय चुडामणी गुरागाईंको एक तले टिनको छानो र काठको बेरा भएको चार कोठे घरमा अचानक विद्युत् सर्ट भई आगलागी भएको थियो।
आगलागीबाट घरभित्र रहेका सुनचाँदी, नगद, टेलिभिजन, अन्य सामान, लत्ताकपडा तथा अन्य विभिन्न सरसामान र घर पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता रज्जन आवले बताए।